मर्जरमा जाने बिमा कम्पनीलाई थपिए सुविधा

मर्जरमा जाने बिमा कम्पनीहरूले थप सुविधा पाउने भएका छन् । यस्ता बिमा कम्पनीहरूले संस्थापक सेयर बिक्रीका लागि कुलिङ पिरियड नलाग्ने, क्रस होल्डिङ सेयर मिलानका लागि २ वर्ष समय अवधि, थप सञ्चालक समिति राख्न पाइनेलगायत सुविधा पाउने भएका हुन् । बिमा कम्पनीलाई मर्जर तथा एक्विजिसनका लागि प्रोत्साहन गर्ने उद्देश्यले उनीहरूका लागि केही सुविधा थपिएको बिमा समितिले जनाएको छ । ‘गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका २०७६’ संशोधन गरेर यी सुविधा थपिएको हो ।