शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकार गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध रहेको बताएका छन्। पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको हीरक जयन्तीको आज उद्घाटन गर्दै उनले सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षामा जोड दिँदै संस्थागत विद्यालयलाई गाभ्ने गरी राज्यले नीति ल्याउने तयारी गरेको जानकारी दिए ।