काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन्। बालुवाटारमा भएको गठबन्धन छाडेर गएका प्रचण्डलाई देउवाले फोन गरेका हुन्।
देउवाले फोन गरेर फेरि छलफल गर्न भनेपछि प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट जान रोकिएका छन्। ओलीको सचिवालका एक सदस्यका अनुसार अहिलेसम्म प्रचण्ड बालकोट पुगेका छैनन्।…