तलब नपाएपछि स्वास्थ्यकर्मी धर्नामा

नौ महिनादेखि तलब नपाएपछि कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले स्वास्थ्य संस्था छाडेर पालिका केन्द्रमा धर्ना सुरु गरेका छन् । सङ्घीय सरकारले पालिकामा कार्यरत स्थायी कर्मचारीलाई पुग्दो तलब नपठाएपछि कर्मचारीले तलब नपाएका हुन् । स्वास्थ्यकर्मी पदमसिंह परियारले भन्नुभयो, “स्थानीय स्वास्थ्य संस्थामा सेवा दिइरहेका जानकी गाउँपालिकामा १० वटा स्वास्थ्य संस्थामा कार्यरत ४७ कर्मचारीले आर्थिक वर्ष पूरा हुन लाग्दासमेत नौ महिनाको तलब नपाएपछि धर्ना बस्नुको विकल्प नभएर यहाँ आएका हौँ ।”

सम्बन्धित सामग्री

११ महिनादेखि तलब नपाएका रास्कोटका स्वास्थ्यकर्मी धर्नामा

एघार महिनादेखि तलब भत्ता नपाएपछि रास्कोट नगरपालिकाका १५ जना स्थायी स्वास्थ्यकर्मी धर्नामा बसेका छन् । नगरपालिकाको विभिन्न स्वास्थ्य संस्थामा काम गर्दै आएका स्वास्थ्यकर्मीले साउनदेखि तलबभत्ता, चाडपर्व र पोसाक भत्ता नपाएको गुनासो गर्दै गत बिहीबारदेखि रास्कोट नगरपालिकाको गेटमा अनिश्चितकालीन धर्नामा बसेका हुन् ।

तलब, भत्ता नपाएपछि धर्नामा स्वास्थ्यकर्मी

महोत्तरी – सम्सी गाँउपालिकाका स्वास्थ्यकर्मीहरु तलब र भत्ताको माग गर्दै गाउँपालिका कार्यालयमा धर्नामा बसेका छन् । गएको वैशाख महिनादेखि तलब नपाएको भन्दै गाँउपालिकामा कार्यरत ३६ जना चिकित्सकहरु धर्नामा बसेका हुन् । विभिन्न समयमा गाँउपालिकाको कार्यालयमा यससम्बन्धमा जानकारी गराइएको तर विभिन्न वहाना गर्दै स्वास्थ्यकर्मीको माग स...