गाउँघरमा प्रचलित ‘पञ्चायती’ (कथित अगुवाको भेला)ले प्रेम विवाहलाई मान्यता नदिएकै कारण महोत्तरीको गौशालामा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेको खुलासा भएको छ ।हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतकको श्रीमान अमित महतो कोइरी र सर्लाही हरिपूर्वा नगरपालिका–९ बस्ने वर्ष ३४ का प्रमोद राउत छन् । हत्यामा संलग्न अर्का एक जना भने फरार रहेको प्रहरीको भनाइ छ ।मृतकका श्रीमान् भारत सितामढी घर भई सर्लाहीको मलंगवामा डेरा लिई बस्दै आएका ३७ वर्षीय अमित महतो को