साताका कवि विनोदविक्रम केसी - खुकुरी किन रिसाउँछ ?

जब जब अचानोले  दुख्यो भन्छ खुकुरी रिसाउँछ  जब जब अचानोले  अब म सहन्नँ भन्छ  खुकुरी रिसाउँछ  जब जब अचानोले  आँत सुकेर पानीको माग गर्छ  खुकुरी रिसाउँछ