रुपन्देहीको क्रिकेट रंगशाला फागुनसम्ममा तयार हुन्छ: शक्ति गौचन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी शक्ति गौचनले रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनको दोस्रो हप्तासम्ममा तयार हुने बताएका छन्  ।अस्ट्रेलियामा रहेको एक्स्ट्राटेक ओभल नामक आइटी कम्पनीले करिव ४० करोड रुपैयाँ लागत राखेर उक्त क्रिकेट रंगशालामा निर्माण गरिरहेको छ ।