काठमाडौँ-हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार बाग्मती, गण्डकी, सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ का थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले आज (शनिबार) दिउँसोदेखि रातिसम्म देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको […]