अर्घाखाँची । घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा १ महिने फाइबर ब्याग बनाउने तालिम सुरु भएको छ । जिल्लाका ६ वटा स्थानीय तहबाट छनोट भएका महिलाहरूले फाइबर ब्याग बनाउने तालिम लिन सुरू गरेका हुन् । घरेलु तथा लद्यु उद्यमबाट उत्पादित स्वादेशी उत्पादनलाई प्रयोगमा ल्याउने निति अनुसार सिपमुलक तालिम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । […]