बैतडी : कोरोना संक्रमणबाट मेलौली नगरपालिका–२ का ५८ वर्षीय पुरुषको मृत्यु भएको छ। जिल्ला अस्पतालमा ती पुरुषको शनिबार मृत्यु भएको जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए। केही दिनदेखि लक्षण देखिएका उनी स्वास्थ्यमा जटिलता आएपछि वैशाख २३ गते राति अस्पताल भएका थिए। उनमा सोही दिन कोरोना पुष्टि भएको थियो। मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरेको छ। ती पुरुषको मृत्युसँगै कोरोनाको दोस्रो लहर आएपछि बैतडीमा संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ। यसअघ