कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्दैछ । प्रदेश र प्रतिनिधि सभा चुनावपछि पहिलोपल्ट कांग्रेस बैठक बस्न लागेको हो । पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजेपछि बस्ने बैठकमा ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावको समीक्षासहित नयाँ सरकार गठनलगायतका विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । […]