झापा-३ मा राजेन्द्र लिङ्देनको अग्रता कायमै

झापा । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेन्द्र लिङ्देनको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार लिङ्देनले १ हजार ६७३ मत ल्याएका छन् । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले १ हजार ३३४ मत ल्याउँदै उनलाई पछ्याइरहेका छन् । झापा-३ मा अघिल्लो निर्वाचनमा राप्रपाका लिङ्देन विजयी भएका थिए ।

सम्बन्धित सामग्री

झापा-३ : लिङ्देन १०३६५ - सिटौला ७८६४ मत

झापा- झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको अग्रता कायमै राखेको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पार्टी राजेन्द्र लिङ्देन १०३६५ मतका साथ अग्रस्थानमा छन् । लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला ७८६४ मतका साथ दोस्रो स्थानमा छन् । झापा ३ को प्रदेशसभा १ र २ दुवै प्रदेशमा ए...

झापा-३ मा लिङ्देनको अग्रता कायमै

झापा। झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको अग्रता कायमै राखेको छ । १३ हजार आठ सय ५२ मत गणना हुँदा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पार्टी राजेन्द्र लिङ्देन सात हजार ४० मतका साथ अग्रस्थानमा छन् । लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला पाँच हजार दुई सय २६ मतका साथ दोस्रो स्थानमा छन् […]

झापा ३ मा राजेन्द्र लिङ्देन कांग्रेसका सिटाैलाभन्दा ३३९ मतले अघि

झापा – झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्र लिङ्देनले अग्रता कायमै राख्नुभएकाे छ । अहिलेसम्म ३३ सय ४७ मत गन्दा उहाँले १६ सय ७३ मत प्राप्त गर्नुभएकाे छ ।  लिङ्देनलाई नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटाैलाले पछ्याइ रहनुभएकाे छ । उहाँले १३ सय ३४ मत प्राप्त गर्नुभएकाे छ । राप्रपा राजेन्द्र लिङ्देन कांग्रेसका उम्मेदवार सिटाैलाभन्दा ३३९ मतले अघि हुनुहुन्छ ।