संघर्षको लामो यात्रालाई ‘भ्वाइस’मार्फत गन्तव्यमा पुर्‍याउन चाहन्छन् मकर

काठमाडौं । ४० वर्षीय मकरबहादुर योञ्जनले सांगीतिक संघर्षको लामो हिउँद खेपे । शास्त्रीय संगीतको पृष्ठभूमि बोकेका आफूजस्ता गायकका लागि नेपालमा करिअर बनाउन चुनौतीपूर्ण देख्छन् उनी । हुन सक्छ यही कारण भारतमा भाग्य खोज्दै दुई दशक बिताए । टन्नै कन्सर्ट गरे । लामो ग्यापपछि स्वदेश फर्किए । ‘नेपाली संगीतमा इन्ट्री गर्न सजिलो छैन । प्रतिस्पर्धा बढी […]