कतार विश्वकपमा जापान क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै विश्वकपको नकआउट चरणबाट बाहिरिएको छ। पेनाल्टी सुटआउटमा जापानका तीन खेलाडीको प्रहारलाई क्रोएसियन गोलरक्षक लिभाकोभिचले बचाएपछि जापान स्तब्ध बनेको हो। जापानलाई हराएसँगै क्रोएसिया भने क्वाटरफाइनल प्रवेश गरेको छ। क्रोएसियाले पेनाल्टी सुटआउटमा ३-१ को जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गर्यो। अब सेमिफाइनल प्रवेश भिडन्तमा क्रोएसियाले ब्राजिल र दक्षिण कोरियाबिचको […]