तानातानमा च्यातिएको कागज, जुन बालकृष्ण खाँणविरुद्ध प्रमाण बन्यो

उच्च अदालतको संयुक्त इजलासमा न्यायाधीश जनकराज पाण्डेले बरामद कागजमा बालकृष्ण खाँणको नाम नभएको तर्क गर्दै धरौटीमा छाड्न राय दिए, तर न्यायाधीश प्रकाश खरेलले त्यही कागज समेतलाई आधार मान्दै अहिल्यै निर्दोष भन्न नसकिने निष्कर्ष निकाले ।