काठमाडौँ – साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ। अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचक आज १८ अंकले वृद्धि भएको छ। नेप्सेमा सूचीकृत २११ कम्पनीको ३१ लाख ४२ हजार ४०२ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३१ करोड रुपैयाँमाथिको कारोबार भएको छ। पछिल्लो समय सेयर बजारमा कारोबारमा खासै उत्साह देखिएको छैन। […]