काठमाडौं । काठमाडौं महानगरपालिकाको ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ नियुक्त भएका छन् । आज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतस्तरीय बैठकले श्रेष्ठलाई महानगरको ट्राफिक विज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएको प्रशासन विभागीय प्रमुख महेश कुमार काफ्लेले जानकारी दिए । उनलाई नगर कार्यपालिकाको ट्राफिक विज्ञ सल्लाहकारका रुपमा नियुक्त गरिएको काफ्लेले विज्ञप्तिमा उल्लेख गरेका छन् ।