प्रियंका भुजेल हत्या प्रकरण, दुई अभियुक्त सार्वजनिक

सर्लाहीको रानिगन्जकी प्रियंका भुजेलको हत्यामा संलग्न दुई अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । घटनामा संलग्न लालबन्दी नगरपालिका–१७, रानिगन्जकै १९ वर्षीय अनिष दाहाल र वर्ष १९ कै कृष्ण साहलाई सोमवार साँझ जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । दुवै युवकले प्रियंकाको हत्या गरेको स्वीकार गरेका सर्लाही प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

मुगु सामूहिक हत्या प्रकरण : दुई अभियुक्त सार्वजनिक

सुर्खेत- मुगुको छायाँनाथरारा नगरपालिका–६ मन्दुगाउँको हत्या घटनामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पकाउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका-७ पिना घर भई हाल बाँकेको वैजनाथ गाउँपालिका-१ चिसापानी बस्ने ३१ वर्षीय काले भनिने गोर्खराज शाही र छायानाथ रारा-६ मन्दु बस्ने ३१ वर्षीय गोपालबहादुर बोहरा...

प्रियंका हत्या प्रकरण : दुई अभियुक्त सार्वजनिक

सर्लाही : लालबन्दी नगरपालिका-१७ की १४ वर्षीया प्रियंका भुजेल हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई युवकलाई प्रहरी सार्वजनिक गरेको छ।प्रहरीले सोमबार लालबन्दी नगरपालिका–१७ का १९ वर्षीय अनिष दहाल र १९ वर्षीय कृष्ण साहलाई सार्वजनिक गरेको हो। उनीहरुलाई घटनाको भोलिपल्टै छिमेकी जिल्ला महोत्तरीबाट पक्राउ गरिएको जिल्ला प्रहरीका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए।दुवैजनाले आफूहरु संलग्न रहेको स्वीकार गरेको एसपी राठौरले बताए। उनीहरुलाई पक्राउ गरे लगतै पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रकृय

निर्मला बलात्कार र हत्या प्रकरण : 'नक्कली अभियुक्त' खडा गर्न खोजिएको आशंका

काठमाडौं : कंचनपुरकी १३ वर्षीया निर्मला पन्त हत्या अभियोगमा प्रहरीले 'नक्कली अभियुक्त' खडा गर्न खोजेको आशंका गरिएको छ। एकपटक अभियुक्त सार्वजनिक गरेर फसिसकेको प्रहरीले फेरि खडा गरेका पात्रहरू घटनामा सामेल भएको हुन नसक्ने खालका सूचनाहरू सार्वजनिक भएका छन्।  गत साता पक्राउ परेका प्रदीप रावललाई निर्मला पन्तको ...