ओली र नेपाल ६ बजे सिंहदरबारमा भेट्ने, दुवैतर्फका ३–३ जना प्रभावशाली नेता सहभागी हुने

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच शुक्रवार पनि भेटवार्ता हुने भएको छ । बिहीवारको भेटकै निरन्तरता स्वरूप साँझ ६ बजे सिंहदरबारमा हुन लागेको भेटमा पार्टीका अन्य केही प्रभावशाली नेताहरूलाई पनि बोलाइएको बालुवाटार स्रोतले लोकान्तरलाई जानकारी दियो । दुवैतर्फबाट ३-३ जना प्रभावशाली नेता सहभागी हुने स्रोतले बतायो । ओली र नेपालबीच बिहीवार क्याप्टेन रामेश्वर थापाको चपलीहाइटस्थित घरमा ४ घण्टा लामो वार्ता भएको थियो । उक्त वार्तामा ओली-नेपाल दुवै २०७५ जेठ २ को पेरिफेरिमा पुगेर ...

सम्बन्धित सामग्री

भेटवार्ताका लागि ओली र नेपाल धुम्बाराहीमा, दोस्रो तहका नेता पनि सहभागी

सर्वोच्च अदालतले नेकपा एमाले ब्युँताइदिएपछि पहिलोपटक भेटवार्ताका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र प्रभावशाली नेता माधव नेपाल केन्द्रीय कार्यालय धुम्बाराही पुगेका छन् । नेता नेपाल पुगेको करीब १५ मिनेटपछि प्रधानमन्त्री ओली धुम्बाराही पुगेका हुन् । नेता नेपालले आफूपक्षीय दोस्रो तहका नेतहरूलाई पनि धुम्बाराही लगेका छन् । भेटका लागि नेपाल पक्षबाट नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त लगायत धुम्बाराही पुगेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली पक्षबाट भ...