चालक अनुमतिपत्रको वर्ग थपका लागि अनलाइन आवेदन दिन सकिने

काठमाण्डाै - यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुलाएको छ । वर्ग थपको लागि विभागले अनलाइन प्रणालीमार्फत आवेदन खुलाएको हो । https://applydl.dotm.gov.np मा लगइन गरी फारम भर्न सकिने विभागले जनाएको छ । यसअघि विभागले नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुलाएको थियो । अब वर्ग थप गर्न समेत अनलाइन आवेदन दिन सकिने विभागले जनाएको छ ।  

सम्बन्धित सामग्री

आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन खुला

यातयात व्यवस्था विभागले आकस्मिकरुपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ ।

सवारी लाइसेन्सको वर्ग थप गर्न खुल्यो आवेदन

३० जेठ, काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को वर्ग थप गर्न आवेदन खुलाएको छ । सोमबार राति एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले अनलाइन आवेदन खुला गरेको हो । https://applydl.dotm.gov.np/login मा गएर आदेन दिन सकिने विभागले जनाएको छ । यसअघि नयाँ लाइसेन्स लिन चाहानेका लागि मात्रै आवेदन खुलेको थियो । अब […]