नेकपा एमालेका नेता माधवकुमार नेपालले पुराना कुरा बिर्सन तयार रहेको भन्दै नयाँ ढंगले अगाडि बढ्न अध्यक्ष केपी शर्मा ओलीसँग प्रस्ताव गरेका छन् ।
उनले आफूहरू पार्टीभित्र सही कुराको लागि लडिरहेको भए पनि एकताको हात बढाउन तयार रहेको बताए ।
आफूपक्षीय युवा संघको भेलालाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै नेता नेपालले ओलीले २०७५ जेठ ३ गते अगाडिको अवस्थामा फर्किन तयार भए आफूहरू नयाँ ढंगले अगाडि बढ्न तयार रहेको बताए ।
‘१२ औं केन्द्रीय कमिटी बैठक बालुवाटारमा बस्दैछ रे, नवौं मात्र बसेको थाहा छ । १० औं र ११ औं बैठक ...