राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाले अहिले सहकारी संस्थाहरूबीच बढी लाभांश वितरणको होडबाजी चलेको बताएकी छन् । राष्ट्रिय सहकारी महासंघ र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा शुक्रबार काभ्रेको धुलिखेलमा भएको सञ्चारकर्मी क्षमता अभिवृद्धि कार्यक्रममा उनले पछिल्लो समय सहकारी संस्थाहरूबीच बढी लाभांश वितरणको होडबाजी चलेको बताएकी हुन् । उनका अनुसार सहकारी संस्थाहरूले अधिकतम १८ प्रतिशत मात्रै लाभांश वितरण गर्न पाउने नीतिगत व्यवस्था भएपनि अधिकांश सहकारीहरूबीच