नेपालमा कोरोना सङ्क्रमणको ग्राफ निरन्तर उकालो लागिरहेको छ । सङ्क्रमण दर बढिरहँदा नमुना परीक्षण दर भने घट्दो छ । साउन १ गते ३ हजार ४१ नमुना परीक्षण गर्दा १३५ जनामा सङ्क्रमण पुष्टि भएको थियो । साउन २३ गते दैनिक सङ्क्रमितको सङ्ख्या बढेर ९३४ पुगिसक्दा पनि नमुना परीक्षण दर भने जम्मा ५ देखि ६ हजारको आसपासमा घुमिरहेको छ । दैनिक सङ्क्रमितको दर बढे पनि सोहीरुपमा नमुना परीक्षण दरलाई सरकारले अगाडि बढाउन नसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आँकडाले देखाउँछ । पछिल्ला २३ दिनको परीक्षण दरलाई केलाउँद