जेठ १४, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाराको निजगढमा अन्तरराष्ट्रिय विमानस्थल निर्माण रोक्ने सर्वोच्च अदालतको फैसला दुखद भएको बताएका छन् ।
उनले शनिवार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै उनले यो फैसला सर्वोच्चले पुनरावलोकन गर्नुपर्ने बताए ।
उनले जंगल नै नभएको ठाउँमा जंगल भएको दावी गरिएको र सोही आधारमा पछिल्लो पटक सर्वोच्चको फैसला भएको टिप्पणी गरे ।
उनले अन्तरराष्ट्रिय विमानस्थल बनाउन कयौ वर्षदेखि मेहनत गर्यौं, अर्बौ खर्च पनि भयो, अहिले बडो आकस्मिक लाग्ने गरी सर्वोच्चबाट त्यहाँ गर्न हुँदैन भन्ने फैसला आयो यो बडो अनौठो पनि र दुखद पनि छ भने ।
उनले पर्यावरण अध्ययन गर्ने टिमलाई अध्ययन गर्न लगाएर फैसला पुनरावलोकनतिर जानुपर्ने पनि बताए । राजनीतिक दलकाबीचमा साझा धारणा निर्माण गरी सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिंदै उनले राष्ट्रिय समस्या समाधानका लागि पनि सबै राजनीतिक दलबीच एकता हुनुपर्नेमा जोड दिए ।