नेपालमा मनसुन प्रवेशसँगै भारी वर्षाका कारण नदी तथा खोलामा बाढीको प्रकोप बढिरहेको छ । जल तथा मौसम विभाग अन्र्तगत बाढी पूर्वानुमान शाखाका अनुसार आज कोशी, महाकाली र यसका सहायक नदीमा पानीको बहाव सामान्यत रहने र सर्तकता तलै हुने पूर्वानुमान गरेको छ । यस्तै नारायणी, कर्णाली र यसका सहायक नदीमा भने पानीको बहाव केही बढ्ने र सर्तकता तह आसपास पुग्न सक्ने अनुमान गरिएको छ । कन्काई, कमला, बागमती र यसका सहायक नदीमा बहाव सामान्य रहने तथा सर्तकता तह भन्दा तलै हुने पूर्वानुमान गरिएको छ ।&nb