नेपालबाट रुसमा ५ किलो अवैध लागूऔषध चरेश पठाउने कार्यमा संलग्न रहेको अभियोगमा लमजुङको बेशीशहर नगरपालिका–१० का ५२ वर्षीय टेकबहादुर राउतलाई ललितपुर महानगरपालिका–३ पुल्चोकबाट शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ ।
कीर्ति क्राफ्ट लिमिटेड काठमाडौंको नामबाट रुस पठाएको क्यान बोत्तल भित्रबाट चरेस बरामद गरिएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
घटनामा अवैध लागूऔषध कारोबार र तस्करी मुद्दामा रुसमा अनुसन्धान भइरहेकोमा रुस सरकारबाट पारस्परिक कानूनी सहायताका लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरमा पत्र पाप्त ...