रोममा अमेरिका र चीनका परराष्ट्रमन्त्रीबीच बाझाबाझ

इटलीको राजधानी रोममा आयोजित जी२० शिखर सम्मेलनको साइडलाइनमा वार्ता गरेका अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केन र उनका चिनियाँ समकक्षी वाङ यीबीच ताइवानका विषयमा बाझाबाझ गरेका छन् ।  ताइवान जलसन्धिमा तनाव चर्काउने कदमका विषयमा उनीहरूले एकअर्कामाथि आरोपप्रत्यारोप लगाएका हुन् ।  रोममा एक घन्टा लामो बैठक चल्दा ताइवानमा यथास्थितिलाई बेइजिङले परिवर्तन गर्न चाहेमा वाशिङटनले त्यसको प्रतिकार गर्ने ब्लिन्केनले बताए ।  उनीहरूबीचको वार्ता सिर्जनात्मक, उत्पादक तथा ठाडोठाडो भएको एक अधिकारीले वाल स्ट्रीट जर्नलला...