त्यतिबेला डीएनए परीक्षण गरेर भूमि सम्बन्धी आयोग गठन गरियो : राष्ट्रियसभा सदस्य शर्मा

राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले ‘डीएनए’ परीक्षण गरेर भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गरेका कारण त्यस्तो आयोगले प्रतिफल दिन नसक्ने बताएका छन् ।राष्ट्रियसभाको मंगलबार बसेको बैठकको विशेष समयमा उनले आफूहरु एउटै पार्टी (तत्कालीन नेकपा) मा रहँदा तत्कालीन सरकारले आयोग गठन गरेको उल्लेख गर्दै शर्माले त्यतिबेला पार्टीको एउटा गुटलाई मात्र आयोगमा सामेल गरिएको आरोप लगाए ।उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपाको सरकारले आयो