बेनी अस्पतालमा प्रसूति प्रतिक्षा कक्ष र एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालन

म्याग्दी, २६ कात्तिक: सदरमुकामस्थित बेनी अस्पतालमा प्रसूति प्रतिक्षा कक्ष सञ्चालन भएको छ । ग्रामीण र दुर्गम क्षेत्रका साथै बाहिरी जिल्लाबाट बेनी अस्पतालमा प्रसूति सेवा लिन आउनेका लागि कक्ष स्थापना भएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार निर्माण गरेर प्रसूति प्रतिक्षा कक्षको सेवा सुरु गरेको बताए । “स्वास्थ्य मन्त्रालयको […]