सर्वोच्चमा बुझाइएका हस्ताक्षर थमौतीका लागि प्रचण्डको दौडधूप

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसारको प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा बुझाइएका १४६ सांसदको हस्ताक्षर थमौतीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दौडधूप शुरू गरेका छन् ।  प्रतिनिधिसभा विघटनको ३ दिनपछि जेठ १० गते नेपाली कांग्रेस, माओवादी, एमालेको माधव नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहका १४६ सांसदले हस्ताक्षरसहित निवेदन दिएका थिए । माधव नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गर्दा विपक्षी ...