आर्थिक सर्वेक्षणमा पुँजीबजारबारे के उल्लेख छ ?

अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक सर्वेक्षण पेश गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले आर्थिक सर्वेक्षण २०७८-७९ को आर्थिक सर्वेक्षण पेश गरेका हुन् । यसमा आर्थिक वर्ष २०७८/७९ को फागुनमसान्तसम्मको विवरण समावेश हुन्छ। हेर्नुस् आर्थिक सर्वेक्षणमा पुँजीबजारबारे के उल्लेख छ ?२०७७ फागुन मसान्तमा २,४५८.५ विन्दुमा रहेको नेप्से सूचकाङ्क २०७८ फागुन मसान्तमा २६६८.१ विन्दु कायम भएको छ । २०७८ असार मसान्तमा नेप्से सूचकाङ्क २८८३.४ विन्दु पुगेको थियो। २०७८ भाद्र २ गते नेप्से सूचकाङ्क ३१९९.० विन्दुमा पुगेको थियो जुन हालसम्मकै उच्च हो। २०७८ फागुनसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत शेयरको चुक्ता मूल्य रू.६ खर्ब ५१ अर्ब २१ करोड पुगेको छ । २०७७ फागुनसम्म यस्तो मूल्य रू.५ खर्ब ५१ अर्ब ६८ करोड रहेको थियो । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म प्राथमिक बजार मार्फत रू.२१ अर्ब ४५ करोड बराबरको पुँजी परिचालन भएको छ। यस अवधिमा साधारण शेयरको प्राथमिक निष्काशन मार्फत रू.२ अर्ब ८४ करोड, हकप्रद शेयर निष्काशन मार्फत रू.३ अर्ब ११ करोड, ऋणपत्र मार्फत रू.१२ अर्ब र म्युचुअल फन्ड मार्फत रू.३ अर्ब ५० करोड पुँजी परिचालन भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा प्राथमिक बजार मार्फत रू.४६ अर्ब ९७ करोड पुँजी परिचालन भएको थियो। २०७७ फागुन मसान्तमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको सङ्ख्या २१७ रहेकोमा २०७८ फागुन मसान्तमा २२८ पुगेको छ ।२०७८ फागुन मसान्तमा धितोपत्र बजार पुँजीकरण २०७७ फागुन मसान्तको तुलनामा ११.७ प्रतिशतले वृद्धि भई रू.३७ खर्ब ८२ अर्ब ७९ करोड पुगेको छ । कुल गार्हस्थ्य उत्पादनसँग बजार पुँजीकरणको अनुपात ७८.० प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म धितोपत्र कारोबार रकम रू.१० खर्ब ५३ अर्ब ९८ करोड रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा धितोपत्र कारोबार रकम रू.७ खर्ब १६ अर्ब ९३ करोड रहेको थियो । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म धितोपत्र निक्षेप तथा राफसाफको सेवा प्रदान गरिरहेको सिडिएससीमा दर्ता भएका कम्पनीको सङ्ख्या २१७ पुगेको छ। आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म सिडिएससीमा दर्ता भएका निक्षेप सदस्यहरूको सङ्ख्या ८२ पुगेको छ र निक्षेप सदस्यहरूले ७७ जिल्लाबाट नै निक्षेप सेवा उपलब्ध गराउँदै आएका छन्। २०७८ फागुन मसान्तसम्म अभौतिकृत धितोपत्रको सङ्ख्या ८ अर्ब ३९ करोड ८ लाख पुगेको छ। २०७७ फागुन मसान्तमा यस्तो सङ्ख्या ६ अर्ब २६ करोड २४ लाख रहेको थियो।प्राथमिक निष्काशनमा हितग्राही खाता अनिवार्य गरेसँगै हितग्राही खाता खोल्नेको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। २०७८ फागुनसम्म हितग्राही खाताको सङ्ख्या ५० लाख ९६ हजार पुगेको छ । २०७७ फागुन मसान्तमा यस्तो सङ्ख्या ३१ लाख ९४ हजार रहेको थियो।

सम्बन्धित सामग्री

आर्थिक आत्मविश्वास

मुलुक ‘समाजवाद उन्मुख’ हो भने त्यसका निम्ति देशले आर्थिक उन्नति गर्नैपर्छ। आर्थिक उन्नति नगरी कसरी सबैतिर वितरण गर्न सकिन्छ ? कसरी शिक्षा र स्वास्थ्यमा सबै नागरिकलाई सहज पहुँच दिन सकिन्छ ?...

आर्थिक सर्वेक्षणः आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्रै (पूर्णपाठ सहित)

काठमाडौँ – चालु आर्थिक वर्ष २०७९÷८० मा देशको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्रै हुने पक्षपण सरकारले गरेको छ। आर्थिक वर्ष सकिन डेढ महिना मात्रै बाँकी हरेको अवस्थामा अर्थमन्त्री डा. रामशरण महतले आइतबार संसदमा पेश गरेको आर्थिक सर्वेक्षणमा देशको आर्थिक वृद्धिदर २.१६ प्रतिशत कायम हुने जनाएको हो। गत वर्षभन्दा देशको आर्थिक वृद्धिदर आधाले घट्ने अनुमोदन सरकारले […]

आर्थिक वृद्धिमा संकुचन

यसअघि आफैंले गरेको अनुमानलाई घटाएर एसियाली विकास बैंक (एडीबी)ले चालू आर्थिक वर्ष २०७९/०८० मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । यसअघि एडीबीले अप्रिलमा नेपालले ५ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने प्रक्षेपण गरेको थियो ।गत आर्थिक वर्षमा ५.८ प्रतिशत रहेको आर्थिक वृद्धिदरमा चालू आर्थिक वर्षमा केही संकुचन आउने अनुमान गर्दै एडीबीले […]

चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने अनुमान

कोभिड-१९ महामारीको प्रभाव न्यून भई आर्थिक-सामाजिक जीवन क्रमश: सामान्य बन्दै गएको बताउँदै चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने अनुमान अर्थ मन्त्रालयले गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको आर्थिक सर्वेक्षणमा बेमौसमी बर्षाको कारण धानवालीमा हुन गएको क्षति एवं कोभिड-१९ को ओमिक्रोन भाइरसको प्रभावले गर्दा लक्ष्यअनुसारको आर्थिक वृद्धि दर हासिल हुन भने नसकेको उल्लेख छ । सर्वेक्षणमा भनिएको छ, 'यद्यपि, बाह्य क्षेत्र बाहेकका आर्थिक परिसूचकहरू सन्तोषजनक नै रहेका छन्। अर्थतन

चालु आर्थिक वर्ष ५.८४ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण

चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क विभागले प्रक्षेपण गरेको छ । विभागले आर्थिक वृद्धिदरमा योगदान दिने विभिन्न पक्षको तथ्याङ्क केलाउँदै यसवर्ष अधिकतम ५.८४ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो । जुन अघिल्लो आर्थिक वर्ष २०७७/७८ को भन्दा बढी हो । गतवर्ष सोही अवधिमा कोभिड–१९ का बीच ३.८३ प्रतिशतको आर्थिक वृद्धिदर भएको थियो ।बिहीबार थापाथलीस्थित विभागको आफ्नै सभा हलमा आयोजित पत्रकार सम्मेलनमा मार्फत चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर प्रक्षेपण गरेक

चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ४ प्रतिशतभन्दा कम

काठमाडौं। चालू आर्थिक वर्ष २०७७/७८को आर्थिक वृद्धि ४ प्रतिशतभन्दा कममा सीमित हुने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै आर्थिक वृद्धिदर ४ प्रतिशत पनि नपुग्ने बताएका हुन्। सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको थियो। तर कोरोनाका कारण केन्द्रीय तथ्यांक विभागले ४.०१ प्रतिशत हुने संशोधित अनुमान गरेको थियो।

आर्थिक नीति

मुलुकको आर्थिक विकास एवं व्यवस्थापन सम्बन्धी प्रचलित सार्वजनिक नीतिलाई नै आर्थिक नीति भनिन्छ । यसलाई समग्र नीतिको आर्थिक आयामको रूपमा पनि लिइन्छ । नेपालको आर्थिक नीति, संविधान चालु आवधिक योजना, प्रत्येक वर्षको आर्थिक एन र बजेट एवं सरकारद्वारा गठित विभिन्न आर्थिक सुधार कार्यदल, सार्वजनिक खर्च व्यवस्थापन कार्यदल जस्ता आयोग, समिति कार्यदलका सुझावहरू र सरकारद्वारा बेलाबेलामा […]

प्रादेशिक आर्थिक वृद्धिमा लुम्बिनी अगाडि

आर्थिक वर्ष ०७७/७८ मा सबै प्रदेशको आर्थिक वृद्धिदर गत आर्थिक वर्षको तुलनामा बढ्ने अनुमान गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रथम

आर्थिक वृद्धिदरमा सुधार आउने

कोरोना कहरका बीच पनि आर्थिक वृद्धिदरमा सुधार आउने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ । विभागले चालू आर्थिक वर्षको आर्थिक वृद्धिमा सुधार भएर ३.९८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको हो ।वैशाख महिनासम्मको आर्थिक गतिविधिलाई अध्ययन गरेर विभागले चालू आर्थिक वर्षको आर्थिक वृद्धि अनुमान गरेको हो । गत आर्थिक वर्ष कोरोना कहरकै कारण १.९९ प्रतिशत श्रृणात्मक […]

आर्थिक समृद्धिका अन्तर्वस्तु

आर्थिक समृद्धिको चाहना राख्ने मुलुकले वैज्ञानिक आर्थिक योजना तयार गरी कार्यान्वयन गर्ने क्षमता वृद्धि गर्न सक्नुपर्छ । आर्थिक स्तरोन्नति कुनै पनि मुलुकको सपना र दीर्घकालीन लक्ष्य मानिन्छ, तथापि आर्थिक स्तरोन्नतिका निश्चित अन्तर्वस्तुहरू हुन्छन् । अथवा धेरै चिजहरूको तारतम्यमा मात्र आर्थिक स्तरोन्नतिको मूल फुट्न सक्छ । मुलुुकको भौैगोलिक बनावट, प्राकृतिक स्रोतसाधनको उपलब्धता, नेता, नेतृत्व, राज्यको कार्यसंस्कृति, […]