अश्लिल भिडियो प्रकरणमा पक्राउ परेका भारतीय व्यवसायी राज कुन्द्रा प्रकरणसँग जोडिएर चर्चामा आएकी अभिनेत्री गहना वशिष्ट ‘न्यूड’ भएर इन्स्टाग्राममा लाइभ आएकी छन् । राज कुन्द्राले बनाएका फिल्म अश्लिल नभएको र ‘इरोटिका’ भएको भन्दै कुन्द्राको समर्थनमा उत्रिएकी गहनाले आफ्नो कुरा बुझाउनका लागि लाइभ आएकी बताएकी छन् । गहनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । गहनाले उक्त भिडियोमा आफूले कपडा नलगाएको बताएकी छन् । उनले दर्शकलाई सोधेकी छन्,‘के म अश्लिल देखिएकी छु ?