भूकम्प स्मृति स्तम्भ निर्माण यसै वर्ष

काठमाडौं, बैशाख १७ । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी जीवन गुमाएकाको स्मरणमा गोरखाको बारपाकमा निर्माणाधीन भूकम्प स्मृति स्तम्भ छ वर्ष बित्दासमेत बनिसकेको छैन । भूकम्प गएको एक वर्ष पुगेको दिन २०७३ वैशाख १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सो स्तम्भ निर्माणको शिलान्यास गरेका थिए । गोरखाको बारपाक सुलीकोट गाउँपालिकामा निर्माणाधीन स्तम्भ निर्माणका लागि तीन पटक म्याद […]

सम्बन्धित सामग्री

बारपाक भूकम्प स्मृति स्तम्भ, पाँच वर्ष बित्यो योजना अधुरै

छ वर्षअघि वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी जीवन गुमाएकाहरूको स्मरणमा गोरखाको बारपाकमा निर्माणाधीन भूकम्प स्मृति स्तम्भ अझै सम्पन्न हुन सकेको छैन । २०७२ वैशाखमा गएको भूकम्पको केन्द्रबिन्दु रहेको बारपाकमा भूकम्प स्मृति स्तम्भ निर्माण भइरहेको हो । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा निर्माण भइरहेको सो स्तम्भको निर्माण कार्य भूकम्प गएको अर्को वर्षदेखि नै सुरु गरिए पनि अहिलेसम्म त्यसको काम सम्पन्न हुन सकेको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्प गएको एक वर्ष पुगेको दिन २०७३ वैशाख १२ गते सो स्तम्भको शिलान्यास गर्नुभएको थियो । तीस महिनाभित्र सम्पन्न गर्ने गरी स्तम्भ निर्माणका लागि २०७४ मङ्सिर १४ गते स्वच्छन्द/होम निर्माण (जेभी)सँग सम्झौता भएको थियो ।