मध्य एसियामा प्रभाव जमाउन विमानस्थल बनाउँदै चीन

चीनको सुदूरपश्चिममा रहेको ताशकुर्गनमा भूमिगत सुविधा सहितको विमानस्थल बनिरहेको छ ।  ताशकुर्गन शहर ताजिकिस्तान, अफगानिस्तान र पाकिस्तान (कश्मीर) सँग जोडिएको छ । अग्लो ठाउँमा बन्न लागेको विमानस्थलमार्फत चीनले मध्य एसियामा प्रभाव कायम गर्न खोजेको देखिन्छ ।  चीनको नागरिक उड्डयन प्राधिकरणले पामिर पठारमा विमानस्थल बनाउने योजना सन् २०१५ मा सार्वजनिक गरेको थियो । त्यहाँ निर्माणकार्य सन् २०२० को अप्रिल महिनाबाट शुरू गरिएको हो ।  पोहोर साल भारत र चीनबीच पांगोङ तालमा पहिलोपटक झडप हुनुभन्दा एक हप्ताअघि विमानस्...