गाउँपालिका अध्यक्षको सेवा सुविधा विद्यालयलाई

गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सेनाले गाउँपालिकाद्वारा आफूले प्राप्त गरेको सेवासुविधा विद्यालयलाई प्रदान गर्नुभएको छ । उहाँले आफ्नो पहिलो महिनाको ३६ हजार दुई रुपैयाँ पाँदेलटार स्थित ज्ञानमार्ग माध्यमिक विद्यालयलाई उपलब्ध गराउनुभएको हो । “मैले निर्वाचनको बेला गाउँपालिकाभित्र शिक्षालाई प्रथामिकता दिन्छु भनेको थिए”, उहाँले भन्नुभयो, “यसैले विजयी भएपछि मैले पाएको सेवा सुविधा विद्यालयलाई गरेको हुँ ।” …

सम्बन्धित सामग्री

सरकारी सेवा सुविधा नलिने झिमरुक गाउँपालिका अध्यक्षको घोषणा

६ जेठ, प्युठान । प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पीतबहादुर एमसीले आफूले राज्यबाट पाउने तलब भत्ता नलिने घोषणा गरेका छन् । शुक्रबार गाउँपालिका कार्यालयमा सपथ ग्रहणपछि एमसीले आफ्नो पाँचवर्षे कार्यकालमा सरकारी सेवा सुविधा नलिने घोषणा गरेका हुन् । उनले तलब भत्ताबापत आउने रकम शिक्षा र सामाजिक क्षेत्रमा खर्च गर्ने बताए ।  ‘अध्यक्षले पाउने सुविधा म लिन्नँ, […]