दलहरुबीचको सहमतिबिना प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अवस्था छैनः प्रचण्ड

काठमाडौँ – सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलबीचको सहमतिबिना प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन्। उनले मंसिर २८ गते बोलाइएको संघीय संसद्को हिउँदे अधिवेशनमा पनि राष्ट्रिय सहमति र दलबीचको समझदारी नभई प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि बढ्ने अवस्था नरहेको प्रस्ट्याएका हुन्। पार्टीनिकट प्रेस सेन्टर नेपालको चितवनमा […]

सम्बन्धित सामग्री

न्यायालय सुधार्न प्रधानन्यायाधीशविरुद्ध महाअभियोग : प्रकाशमान

३० फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध माथि महाअभियोग प्रस्ताव ल्याउनु परेको बताएका छन् । एकमहिने चुनावी अभियान अन्तर्गत आज काठमाडौंको मिनभवनमा आयोजित कार्यक्रममा नेता सिंहले भने, ‘न्यायालयको नेतृत्व असफल भएपछि समग्र न्यायालय सुधारका लागि संविधान सम्वत सुधारको प्रयास थालिएको छ ।’ यही फागुन […]

‘सांसदको हस्ताक्षर गराएका छौं, नेतृत्वको निर्णयपछि अघि बढ्छौं’

२ फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावका विषयमा छलफल गर्न बसेको नेकपा एमालेको संसदीय दलको बैठकले ठोस निर्णय गर्न सकेन । आइतबार सत्तारुढ गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि बसेको सचिवालय बैठकले त्यसको प्रतिवाद गर्ने निर्णय गरेको थियो । तर सोमबार बसेको एमाले संसदीय दलको बैठकले भने वस्तुस्थितिको ठोस विश्लेषण, कानुन र […]

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्ता गठबन्धनले आइतबार संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराएको छ । महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश जबरा स्वतः निलम्बित हुनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक बनी संसद् सचिवालयमा दर्ता गराइएको महाअभियोग […]

एमालेले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीशविरुद्धको ल्याइएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले महाअभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम भएको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको हो । बैठकले सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाअभियोग प्रस्ताव […] The post एमालेले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग : सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको उनको सचिवालयले जनाएको छ। प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदहरुले आज बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा महाअभियोगको प्रस्ताव…

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएपनि बारले आन्दोलन जारी राख्ने

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपनि नेपाल बार एसोसिएसनले आन्दोलनलाई जारी राख्ने भएको छ । यद्यपि आन्दोलनको स्वरूपलाई परिवर्तन गरिने नेपाल बारले जनाएको छ ।

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । आज सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीले प्रस्ताव दर्ता गराएका हुन् । प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले आइतबार बिहान सांसदहरू आएर महाभियोग दर्ता गरेको जानकारी दिए। जबराविरूद्धको महाअभियोग प्रस्तावमा ९८ जनाले सांसदले हस्ताक्षर गरेको एक सांसदले जानकारी दिए। ‘अहिले […]