काठमाडौं : निर्वाचन आयोगले माघको पहिलो साताभित्र स्थानीय तहको चुनावको मिति घोषणा गर्नुपर्ने बताएको छ। शुक्रबार आयोगमा आयोजित राजनीतिक दलका प्रतिनिधिसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यस्तो बताएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी जेठ ५ गतेबाट सकिँदैछ। त्यसका लागि दुई महिना अघि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। आयोगका पदाधिकारीले प्रधानमन्त्रीलाई भेटेर बैशाख १४ मा एकै चरण वा बैशाख १४ र २२ मा चुन