विश्वकाे महंगो देशको शीर्ष स्थानमा स्विजरल्याण्ड

सिइओ वर्ल्ड म्यागेजिनको रिपोर्टअनुसार स्विजरल्याण्ड विश्वको सबैभन्दा महंगो देश बनेको छ । यससँगै विश्वको

सम्बन्धित सामग्री

सिटीको शीर्ष स्थान कायमै‚ टोटनह्याम छैटौं स्थानमा

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याले १–० गोल अन्तरले वाडफोर्डलाई परातिज गरेको छ।शनिबार राति सम्पन्न खेलमा टोटनह्यामलाई जित दिलाउन डेभिन्सन सान्चेजले निर्णायकगोल गरे। उनले खेलको इन्जुरी समयको छैटौं मिनेटमा गोल गरेका हुन्। यस जितसँगै टोटेनहमले १८ खेलमा ३३ अंक जोडेर छैटौं स्थानमा छ।गए राति नै भएको अर्को खेलमा शीर्ष स्थानको म्यानचेष्टर सिटीले आर्सनललाई पराजित गरेको छ। सिटीको जितमा रियाद महरेजले ५७औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे। रोड्रीले इन्जुरी समयको तेस्रो मिनेटमा निर्णयक गोल गर्दै सिटी

ला लिगा–रियल सोसिडाड फेरि शीर्ष स्थानमा

रियल सोसिडाड फेरि स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार राति भएको खेलमा सेल्टा भिगोलाई उसैको मैदानमा २–० गोलले हराउँदै सोसिडाडले पुनः शीर्ष स्थान कब्जा गरेको हो । सोसिडाडलाई जिताउन अलेक्जेन्डर इसाक र आरिट्ज इलुस्टोन्डोले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा इसाकले ५४औं मिनेटमा खाता खोलेका थिए । ७९औं मिनेटमा इलुस्टोन्डोले माइकल मेरिनोको पासमा गोल गर्दै सोसिडाडको अग्रता दोब्बर बनाए ।घरेलु मैदानमा बल पोसेसनमा पकड जमाएको सेल्टा भिगोले गोल गर्न भने सकेन । ५७ प्रत

इपिएल : शीर्ष स्थान बलियो बनाउँदै चितवन

चितवन टाइगर्सले चौथो एभरेष्ट प्रिमियर लिग (इपिएल)को शीर्ष स्थान बलियो बनाएको छ । लगातार चौथो जितसँगै चितवन आठ अंकका साथ शीर्ष स्थानमा छ । यसअघिको जितले प्ले अफमा पुगेको चितवनले आइतबार इपिएलको...

टोकियो ओलम्पिक - आयोजक जापान आठ स्वर्णसहित शीर्ष स्थानमा

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक मुलुक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो ।  जापानले हालसम्म आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित कूल १३ पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा चीन तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्य पदक प्राप्त गरेको छ भने चीनले ६ स्वर्ण, पाँच रजत र सात कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै चार स्वर्ण, पाँच रजत र तीन कास्य पदक प

आईसीसी टेष्ट ब्याट्सम्यानको शीर्ष स्थान विलियम्सन यथावत्

एजेन्सी। न्युजिल्याण्डका कप्तान तथा ब्याट्सम्यान केन विलियम्सन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सार्वजनिक गरेको टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फको शीर्ष स्थानमा यथावत रहेका छ्न। नयाँ वरियतामा अष्ट्रेलियाका स्टिभ स्मिथ दोस्रो स्थानमा यथावत छन्। वरियताको तेस्रो स्थानमा अष्ट्रेलियाका मार्नुस लाबुस्चाग्ने, चौथोमा इंग्ल्यान्डका जोय रुट र पाँचौ स्थानमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली रहेका छन्।

सान्त्वना जितको खोजीमा चितवन, काठमाडौंको लक्ष्य शीर्ष स्थान

काठमाडौं। प्लेअफ खेल्ने टिमको टुंगो लागिसकेको अवस्थामा चितवन एफसीले आज नेपाल सुपर लिगमा सान्त्वना जितका लागि काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गर्नेछ। दशरथ रंगशालामा ५ः३० बजे हुने खेलमा चितवन पहिलो जितको खोजीमा छ भने काठमाडौं शीर्ष स्थानको लक्ष्यमा हुनेछ। धनगढीसँग समान १० अंक भए पनि काठमाडौं गोलअन्तरले दोस्रो स्थानमा छ। एक खेल पनि जित्न नसकेको चितवन लिगको पुछारमा छ।

पञ्जावविरुद्ध दिल्ली सात विकेटले विजयी, शीर्ष स्थान कब्जा

अहमदावाद । इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले जितको लयलाई कायमै राख्दै अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको छ । आइतबार अहमदावादमा टस जितेर पहिला फिल्डिङ रोजेको दिल्लीले पञ्जाव क्यापिटल्सलाई १६६ रनमा रोकेको थियो ।१६७ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १४ बल अगावै सात विकेटको फराकिलो जित हासिल गरेको हो । दिल्लीका लागि शिखर धवनले ६९ रन बनाए भने पृथ्वी शाले ३९, स्टिभन स्मिथले २४, ऋषभ पन्तले १४ र सिमरन हेटमायरले १६ रन बनाए ।पञ्जावका लागि मयंक अग्रवालले ९९ रन बनाएका थि

शीर्ष स्थान जोगाउने लक्ष्यमा बुटवल लुम्बिनी

काठमाडौं। नेपाल सुपर लिगको शीर्ष स्थानमा बुटवल लुम्बिनी एफसीले रहेको आज हुने दोस्रो खेलमा विराटनगर सिटीविरुद्ध प्रतिस्पर्धा गर्नेछ। दुई खेलमा एक जित र एक बराबरी गरेको बुटवल आज जित्दै शीर्ष स्थान यथावत राख्न चाहन्छ भने एक जित र एक हार ब्यहोरेको विराटनगर आज जित्दै शीर्ष चारको सम्भावना बलियो बनाउने लक्ष्यमा हुनेछ। खेल दशरथ रंगशालामा ५ः३० बजे हुनेछ।

शीर्ष स्थान पुग्ने दाउमा पोखरा र काठमाडौं

काठमाडौं। पोखरा थन्डर्स र काठमाडौं रेजर्स आज विजयी नतिजा निकाल्दै नेपाल सुपर लिगको शीर्ष स्थानमा उक्लने लक्ष्यमा छन्। दुई खेलबाट समान तीन अंक जोडेका पोखरा र काठमाडौं क्रमशः चौथो र पाँचौं स्थानमा छन्। आज विजयी टिम शीर्ष स्थानमा पुग्नेछ। बुटवल लुम्बिनी चार अंकका साथ शीर्ष स्थानमा छ। खेल दशरथ रंगशालामा साँझ ५ः३० बजे हुनेछ।

बार्सिलोनाको लक्ष्य शीर्ष स्थान

एजेन्सी। बार्सिलोना आज घरेलु मैदान क्याम्प नोउमा ग्रानाडालाई हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लने लक्ष्यमा छ। ग्रानाडालाई हराए बार्सिलोना एट्लेटिको मड्रिडभन्दा एक अंकले माथि हुनेछ। एट्लेटिको ७३ अंकका साथ शीर्ष स्थानमा छ भने एक खेल कम खेलेको बार्सिलोना ७१ अंकका साथ तेस्रो स्थानमा छ। पछिल्लो पाँच खेलमा बार्सिलोनाले एक खेलमात्र हारेको छ भने ग्रनाडाले दुई खेलमात्र जितेको छ।