काठमाण्डाै – राष्ट्रिय जनगणना आउँदाे कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म हुने भएको छ । आज बुधवार काठमाण्डाैमा केन्द्रीय तथ्याङ्क विभागले पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै कोरोना महामारीका कारण स्थगित गरिएको राष्ट्रिय जनगणना आउँदाे कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म हुने भएको बताएको हो ।
अहिले कोरोनाको दर घटिरहेको, लकडाउनको अवस्था नरहेको र जनजीवन सामान्य रूपले चलिरहेको अवस्थालाई मध्यनजर गर्दै सरकारले राष्ट्रिय जनगणना फेरि सञ्चालन गर्ने निर्णय गरेको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताउनुभयो ।...