रगतले पोतिएको कपडा लगाएर नेविसंघको प्रदर्शन

बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्नहरुको खोजी गरी कडा भन्दा कडा सजायको माग राख्दै नेविसंघले प्रदर्शन गरेको छ । नेविसंघ केन्द्रीय समितिले बागबजारस्थित पद्मकन्या क्याम्पस अगाडि आइतबार बिहान भागरथीलाई न्याय र दोषीलाई कडा कार्वाहीको माग गर्दै प्रदर्शन गरेको हो ।