काठमाडौं : सरकारले नेपालमा कोरोना भाइरसविरुद्धको खोप आएपछि पहिले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई लगाउने गरी देशभरबाट स्वास्थ्यकर्मी विवरण संकलन गरिरहेको छ। फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकालाई पहिलो चरणमा खोप दिने योजना बनाएको सरकारले संख्या एकिन गर्न देशभरबाट अध्यावधिक विवरण माग गरेको छ ।स्वास्थ्य मन्त्रालयले त्यसको लागि आवश्यक सहजीकरण गरिदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत स्वास्थ्यकर्मीको विवरणको अध्यावधी ग