ओखलढुङ्गा : जिल्ला सदरमुकाम समेत रहेको ओखलढुङ्गा बजारमा पार्किङ क्षेत्र नहुँदा दुर्घटना जोखिम बढेको छ।सडक किनारमा चारपाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधन जथाभावी पार्किङ गर्दा दुर्घटना जोखिम बढेको हो। पार्किङ व्यवस्थित नहुँदा पैदलयात्री र व्यापारीका साथै विभिन्न काम पर्दा ओखलढुङ्गा आउने सेवाग्राहीहरू समस्यामा परेका छन्।पुरानो बजार र साँघुरो बाटो भएका कारण जथाभावी पार्किङ गरिदिँदा पैदल यात्रुलाई हिँड्न समेत सास्ती खेप्नुपरेको स्थानीय व्यवसायी नेत्रबहादुर