जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसीको पार्टी भनेर समाप्त पार्न खोजिएकाले सत्ता गठबन्धनबाट बाहिरिएको खुलासा गरेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधवार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने ‘मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभामा ९ र प्रदेश सभा सदस्यमा २१ वटा सिट मात्रै दिएर पुरै देशमा गठबन्धनलाई समर्थन गर्ने रणनीतिसहित पार्टीलाई समाप्त पार्ने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको चक्रभियुबाट निस्किन स