काठमाडौं (अस) । ग्लोबल आइएमई बैंक र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ बीच महासंघका सदस्यलाई सहज बैंकिङ सेवा पु¥याउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बैंकका प्रदेश १ प्रमुख सुभाष सापकोटा तथा महासंघको प्रदेश १ अध्यक्ष टीकाराज ढकालले सम्झौतामा हस्ताक्षर गरे । समझदारीअनुसार बैंकले महासंघको सिफारिसमा बैंकिङ पहुँच नभएका साना व्यवसायी, युवा व्यवसायी, स्टार्टअप, नवउद्यमी तथा कृषि व्यवसायमा संलग्न उद्यमीलाई प्राथमिकतामा राखी विभिन्न बैंकिङ सेवा प्रदान गर्नेछ । त्यस्तै, अपांगता भएका व्यक्तिले व्यावसायिक कर्जा लिन चाहे विशेष सुविधासहित कर्जा उपलब्ध गराइने समझदारी–पत्रमा उल्लेख छ ।
कार्यक्रममा महासंघका प्रदेश उपाध्यक्ष राजेन्द्र राउत, केन्द्रीय सदस्य तथा बैंकका कर्मचारीको उपस्थिति थियो ।