युद्ध ट्यांकमा बुद्ध शयन मूर्ति

शान्तिका अग्रदूत गौतम बुद्धको मावली गाउँ देवदहमा रुस र युक्रेन युद्धको विरोध गर्दै ढुंगाका मूर्तिहरू कुँदिएका छन् । बुद्ध जन्मभूमि लुम्बिनीदेखि करिब ५० किलोमिटर पूर्वमा रहेको देवदह क्षेत्रमा पर्यटन विकास र...

सम्बन्धित सामग्री

चापागाउँबाट आठौं शताब्दीका दुई वटा बुद्धका मूर्ति चोरी

काठमाडौं । ललितपुरको चापागाउँमा रहेको आठौं शताब्दीको ऐतिहासिक पुरातात्विक बुद्धका दुई वटा मूर्ति चोरी भएको छ । चापागाउँस्थित पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति गत सोमबार चोरी भएको स्थानीयको भनाइ छ । चार मूर्ति रहेको बुद्ध चैत्यमा यसअघि फागुन १७ मा पनि मूर्ति चोरी भएको उनीहरुले बताए । चैत्यमा राखिएको चार मूर्तिमध्ये तीन […]

चापागाउँमा ३१७ वर्ष पुरानो बुद्ध मूर्ति चोरी (फोटो फिचरसहित)

चापागाउँ (ललितपुर) । गए राति ललितपुर चापागाउँ चिभा लाछीस्थित चैत्यमा रहेको ३१७ वर्ष पुरानो बुद्ध मूर्ति चोरी भएको छ । स्तुपामा रहेको चारमध्ये उत्तर दिशामा फर्किएको शिरमा नाग भएको बुद्धको मूल मुर्ति चोरी भएको हो । सो मूर्ति नेपाल संवत् ८२६ मा बनेको चैत्यमा रहेको शिलालेखमा उल्लेख छ । The post चापागाउँमा ३१७ वर्ष पुरानो बुद्ध मूर्ति चोरी (फोटो फिचरसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नारायणस्थान डाँडामा बुद्ध मूर्ति

बनेपा– काभ्रेपलाञ्चोकको सबैभन्दा अग्लो ठाउँ बेथानचोक गाउँपालिका–३ स्थित पर्यटकीयस्थल नारायणस्थानको चिप्लेटी डाँडामा बुद्धको मूर्ति स्थापना गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग र धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणको समन्वयमा सो मूर्ति स्थापनासँगै बुद्धपार्क परिसरमा वृक्षरोपणसमेत गरिएको छ  । पर्यटकीय क्षेत्र बेथानचोकको नारायणस्थान डाँडामा स्थापना भएको बुद्धको मूर्तिले त्यहाँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ […]

स्याङ्जाको थाप्लेमा नेपालकै अग्लो बुद्ध मूर्ति

स्याङ्जा-स्याङ्जाको थाप्लेमा नेपालकै अग्लो बुद्धको मूर्ति निर्माण गरिएको छ । नवनिर्मित बुद्धको मूर्तिले पर्यटक आगमन बढाएको छ । मूर्ति निर्माणपछि अवलोकन तथा घुमघाम गर्न आउने आन्तरिक र बाह्य पर्यटकको घुइँचो हुने गरेको छ ।नेपालकै सबैभन्दा अग्लो दावी गरिएको ५८ फिट अग्लो बुद्ध मूर्ति जिल्लाको अर्जुनचौपारी र आँधीखोला गाउँपालिकाको सिमानामा रहेको छ । अर्जुनचौपारी वडा नं. […]

बोध गयामा बुद्धको यस्तो मूर्ति बन्दै

एजेन्सी, २९ फागुन । भारतको विहार राज्यको बोधगयामा आकर्षक तरिकाले बुद्धको मूति निर्माणका क्रममा छ । १०० फिट लम्बाई र ३० फिट अग्लो मूर्तिमा बुद्ध पल्टिइरहेको अवस्थामा छन् । बुद्ध इन्टरनेशनल वेलफेयर मिसनले उक्त मूर्ति निर्माण गरिरहेको हो । सन्ु २०१९ बाट निर्माण सुरु भएको मूर्ति कलकत्ताका कालीगढहरु प्रयोग भएका छन् । मूर्ति निर्माणमा फाइबरग्लासको […]

चीनमा भेटियो २२ सय वर्ष पुरानो बुद्ध मूर्ति

चीनमा २२ वर्ष पुराना तामाका दुईवटा बुद्ध मूर्ति पुरातत्त्वकर्मीहरूले फेला पारेका छन् ।  ईस्टर्न हान राजवंशको पालाका प्राचीन चिहानबाट यी मूर्तिहरू फेला परेका हुन् ।  शाक्यमुनि भनी चिनिने एक मूर्ति लामो चोगा लगाएर एउटा मञ्चमा उभिएको अवस्थामा देखिन्छ भने अर्को मूर्तिले पाँच तथागतलाई देखाएको छ ।  चीनमा यसअघि फेला परेका बुद्ध मूर्तिभन्दा यी मूर्तिहरू २०० वर्ष पुराना छन् । गान्धार शैलीमा मूर्तिहरू बनाइएका हुन् । हालको उत्तरपश्चिम पाकिस्तान र पूर्वी अफगानिस्तान क्षेत्रमा ईसापूर्व सातौं शताब्दीदेखि ईसाको पहिलो शत...

अमेरिकाको जानडु ग्यालरीमा भेटियो चोरी भएको नेपालकाे बुद्ध मूर्ति

काठमाडौँ – नेपालबाट सन् १९८० को दशकमा चोरी भएको भगवान गौतम बुद्धको ढुंगाको मूर्ति अमेरिकामा फेला परेको छ। पुरातात्विक महत्वको ९/१० औँ शताब्दीको शाक्यमुनि बुद्ध/अक्षोभ्य बुद्धको ढुंगाको मूर्ति अमेरिकाको क्यालिफोर्निया राज्यको सन–फ्रान्सेस्कोस्थित जानडु ग्यालरीको संकलनमा फेला परेको हो। नेपालबाट हराएका वा चोरी भएका पुरातात्विक महत्वका सम्पदाको पहिचानमा सक्रिय रहँदै आएको ‘लस्ट आर्टस् अफ नेपाल’ ले […]

बेबी बुद्धको मूर्ति

बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति दीप र मायादेवी मन्दिरको बीचमा रहेको बेबी बुद्धको मूर्ति । कोभिड–१९ का कारण पछिल्ला दुई वर्ष लुम्बिनी घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटक ठप्प जस्तै छ । तस्बिरः रासस

चोरिएका तीन मध्यकालीन मूर्ति फर्काइयो

३१ असार, काठमाडौं । नेपालबाट चोरी गरेर अमेरिकाको न्यूयोर्क पुर्‍याइएका तीन वटा मध्यकालीन मूर्ति काठमाडौं ल्याइएको छ । अमेरिकास्थित नेपाली दूतावासबाट संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा ल्याइएको अप्सरा, बुद्ध र गणेशको मूर्ति बिहीबार एक कार्यक्रमका बीच राष्ट्रिय संग्रहालयलाई हस्तान्तरण गरिएको हो । तीन वटै मूर्ति अब संग्रहालयमा राखिने छन् । नेपाल फर्काइएका तीनै मूर्तिहरु […]