प्रदूषणबाट हरेक वर्ष ९० लाखको मृत्यु

राज्यहरु र कम्पनीहरुले गर्ने प्रदूषणका कारण हुने विश्वव्यापी मृत्यु कोभिड १९ का कारण हुने मृत्युभन्दा बढी भएको राष्ट्रसंघको वातावरणीय प्रतिवेदनले जनाएको छ । मंगलबार प्रकाशित सो अध्ययनले केही विषाक्त रसायनहरु नियन्त्रण गर्न ‘तत्काल र महत्वाकांक्षी कार्य’ का लागि आह्वानसमेत गरेको छ ।विषादी, प्लाष्टिक तथा विद्युतीय फोहोरका कारण चैतर्फी मानवअधिकारको उल्लंघन र समय नपुगी हरेक वर्ष ९० लाख जनाको मृत्यु हुने प्रतिवेदनले जनाएको छ । यस विषयलाई धेरै हदसम्म बेवास्ता गरिएको पनि अध्ययनमा बताइएको छ