नेपाल विद्युत प्राधिकरणले तिहारको समयमा विद्युत् माग व्यवस्थापन गर्न गाह्रो नहुने जनाएको छ । मंगलबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् खपत बढ्ने तिहारको समयमा लोड व्यवस्थापन चुनौतीपूर्ण नहुने बताएका हुन् ।