बलिउड अभिनेता आमिर खानले अभिनयबाट केही समयको लागि ब्रेक लिने बताएका छन्। लगातार ३ दशकभन्दा बढी समय अभिनयमा सक्रिय रहेका आमिरले केही समय ब्रेक लिएर परिवारसँग समय बिताउने चाहना रहेको बताएका हुन्। ‘लाल सिंह चड्ढा’ प्रदर्शनमा आइसकेपछि नयाँ फिल्म ‘च्याम्पियन्स’को निर्माण तयारीमा रहेका आमिर लाल सिंह चड्ढा व्यावसायिक रुपमा असफल भएपछि अभिनयबाट ब्रेक लिने निर्णयमा पुगेका हुन्। निर्माताको रुपमा भने आफू सक्रिय रहिरहने पनि उनले जनाएका छन्। यसअघि सन् २०१८ मा प्रदर्शनमा आएको