कथा : परदेशी जिन्दगी

टिनिनिनी टिनिनिनी फोनको घण्टी बज्छ । उ हतार हतार फोन उठाउँछ । उताबाट श्रीमतीको चर्को आवाज आउँछ, ‘हैन के गर्नु भाको तपाईंले ? ६÷६ महिना भैसक्यो, पैसा पनि पठाउनु हुन्न । मैले घर व्यवहार कसरी चलाउने ? छोराको फिस पनि बुझाको छैन । चाडपर्व आइसक्यो, अहिलेसम्म एक जोर गतिलो कपडा किनेको छैन । यस्तै हो भने म त बस्दिन तपाईंको घरमा, माइत जान्छु उतै बस्छु । मैले भन्दिया छु है, खुरुक्क पैसा पठाउनु ।’श्रीमतीको लामो लेक्चरले उ अवाक हुन्छ, जवाफ दिन सक्दैन । मात्र यति भन्छ, ‘न आत्तेउ