लोसपा चुनावी घोषणापत्र : विपन्न परिवारलाई छोरी विवाह गर्न २५ हजार रुपैयाँ दिने

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले छोरीको विवाहमा आर्थिक सहयोग गर्नेदेखि छात्राहरूलाई साइकल वितरण गर्नेसम्मको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । लोसपाबाट अध्यक्षका उम्मेदवार विद्यानन्द चौधरीले आर्थिक रूपले विपन्न रहेका परिवारलाई छोरी विवाह गर्न समस्या हुने भएकोले आफूले जितेमा २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरे । यो रकम […]